इलाइट सोलुसन्सद्वारा प्रधानमन्त्री राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग

काठमाडौं । इलाइट सोलुसन्सले प्रधानमन्त्री राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिशक्ति जोशी, बिजनेस हेड दिपेश हाडा, व्यवस्थापिका अम्बिका अमात्य र प्राविधिक प्रमुख जतिन श्रेष्ठ लगायतको टोलीले सिंहदरबार पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

हालै रसुवा तथा नुवाकोट क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कम्पनीले उक्त सहयोग गरेको जनाएको छ।

इलाइट सोलुसन्स विगत २० वर्षदेखि नेपालमा आईटी सोलुसन्स प्रदायकका रूपमा कार्यरत छ। कम्पनीले डिजिटल तथा सेल्फ–सर्भिस सोलुसन्स, अल्टरनेटिभ डेलिभरी च्यानल्स, डिजिटल ब्रान्च ट्रान्सफर्मेसन तथा बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी क्षेत्र र स्वास्थ्य क्षेत्रका लागि पेमेन्ट सोलुसन्स लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको जनाएको छ।