काठमाडौं – सत्तारुढ दल रास्वपाका सांसद तोसिमा कार्कीले राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पर्साहीकी बबिता पासवानलाई भर्ना नलिएर सडकपेटीमा सुत्केरी भएको घटनामा सरकारको ध्यनाकर्षण गराएकी छिन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले बबिता राज्य खोज्दै अस्पताल पुगे पनि राज्य बबितासम्म नपुगेको बताइन् ।
‘राज्य खोज्दै बबिता अस्पताल पुगिन् । तर राज्यको सेवा बबितासम्म पुगेन,’ उनले भनिन् । सांसद कार्कीले हरेक गर्भवतीसम्म राज्य पुग्नुपर्ने बताइन् ।
‘हरेक गर्भवतीसम्म राज्य पुगोस् र भनोस् चिन्ता नलेऊ बबिता म तिम्रो साथमा छु । तिमीलाई केही पनि हुँदैन बबिता राज्य तिम्रो साथमा छ,’ उनले भनिन् ।






