काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई जना, मोरङको लेटाङ नगरपालिका–४ स्थित बीपी चोकबाट दुई जना र उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच जना पक्राउ परेका छन्।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जनआवाज चोकबाट एक जना तथा टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका छन्।
यसैगरी, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित देवी नगर बसपार्कबाट एक जना तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






