कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

यद्यपि, बैठकका लागि तय गरिएको एजेन्डाबारे भने पार्टीले औपचारिक रूपमा जानकारी गराएको छैन।