सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार २०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ थियो। यससँगै दुई दिनको अवधिमा चाँदी प्रतितोला ६० रुपैयाँले महँगिएको छ।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ रहेको छ।