नहरमा डुबेर बालक बेपत्ता

कात्तिक ३, कास्की ।
गण्डक नहरमा डुबेर आइतबार साँझ एक बालक बेपत्ता भएका छन् ।

विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् । गाउँपालिका–७ का प्रेम मिश्रले नहरको नजिकै ना१ह ४५७८ नम्बरको ई–रिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ई–रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भइ नहरमा खसेको थियो ।