कात्तिक ३, पोखरा ।
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । झन्डै साढे तीन हजार संक्रमणमुक्त भएको तथ्यांक छ ।
गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार सात सय ८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म कुल ८१ हजार पाँच सय १५ जनाको नमूना परीक्षण गरिएको छ । भने तीन हजार चार सय ९९ जना निको भएका छन् । (रासस)







