काठमाडौँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
आजको प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सभामुख अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता भएको हो ।






