खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ, के बाेलेका थिए ?

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको भदौ २६ गतेको बैठकमा सांसद खगेन्द्र सुनारले शून्य समयमा दिएको केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले भदौ २६ गतेको बैठकमा सांसद सुनारले शून्य समयमा व्यक्त गरेको ‘कहिलै पनिदेखि आरोप गम्भीर’सम्मको अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सांसद सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितको भ्रष्टाचारसम्बन्धी विषय उठाउँदै, ‘कहिलै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सभामुख अर्यालले उक्त अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन रुलिङ गरेका हुन् ।