काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना, विपद्को प्रभाव न्यूनीकरण तथा आगामी दिनमा आउन सक्ने सम्भावित विपद्को व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुनेछ।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि लामिछानेले यसअघि पनि दुईपटक सर्वदलीय बैठक आह्वान गरेका थिए।





