संविधान दिवस मनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

 काठमाडौँ -नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन्। उनले कार्यक्रमलाई रचनातम्क, भव्य र उत्साहपूर्ण बनाउन निर्देशन गरेका छन्।

महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेका हुन्।

उनले पठाएको पत्रमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ।’

एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको हो।

1789633943_WhatsApp-Image-2026-09-17-at-14_13_53-1789642086.jpeg​ ​