काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । मूल्य बढेसँगै बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा झरेको थियो । त्यस्तै, सोमबार १ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसअघि आइतबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा झरेको थियो । सोमबार १० रुपैयाँले बढेर ४ हजार ७८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।





