काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ थियो।






