मनाङको हिम्लुङ हिमालमा पहिरो , करिब एक दर्जन आरोही तथा सहयोगी बेपत्ता

मनाङ – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ।

हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरूमध्ये नौ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको बताइएको छ।

बेपत्ताको खोज तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। घटनामा कति मानवीय तथा भौतिक क्षति भयो भन्नेबारे भने यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।