मन्त्रीपरिषद्को बैठक अपरान्ह बस्ने

कात्तिक, ४ काठमाडौं । आज नियमित रुपमा हुनेमन्त्री परिषद्को बैठक अपरान्ह ४ बजे बस्ने भएको छ ।

सोमवार र बिहीवार नियमित रुपमा मन्त्रिपरिषद् बैठक बस्दै आएको छ । सोमवार बैठक नबसेर आज मंगलवार बस्न लागेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा कोरोनाको उपचार आफैँ गर्नुपर्ने भन्ने सरकारको निर्णय पुनर्विचार हुनसक्ने जनाएको छ ।

त्यस्तै आजको बैठकमा अन्य केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत स्रोतको दाबी रहेको छ ।