कात्तिक, ४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ८६१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप २१०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २८ हजार १९६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ५५९ जना छन् । तिमध्ये २७३ जना संक्रमितको आईसियु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २२० जना रहेका छन् ।






