काठमाडौँ। यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीमाथि सहज जित हात पारेको छ ।
गएराति समूह ‘ए’ अन्तर्गत भएको खेलमा बेल्जियमले टर्कीलाई ३–० गोलले पराजित गरेको हो ।
बेल्जियमको जितमा केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । खेलको १०औँ मिनेटमा ब्रयनाले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
ब्रयनाले खेलको ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै बेल्जियमको अग्रता २–० बनाए । त्यसपछि ७६औँ मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जियमले ३–० को स्पष्ट जित सुनिश्चित गर्यो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ‘ए’ को दोस्रो स्थानमा छ । टर्की भने तीनै खेलमा अंकविहीन रहँदै चौथो स्थानमा छ । समान तीन खेलबाट ७ अंक जोडेको फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ ।






