काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घन्टीघरमा दिउँसो ३ बजे बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा विभागीय प्रमुख र उपप्रमुख मनोनयनका विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्टसमेत प्रस्तुत गरी छलफल गरिने प्रवक्ता खरेलले जानकारी दिए ।






