काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत जाने भएका छन्। उनी आगामी असोज २६ गते भारतको नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन्।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गुरुङ नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन्।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। गुरुङ र शाहबीच असोज २७ गते भेटवार्ता हुने बताइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन्। प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने तयारीमा छन्।






