काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ थियो।






