काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा दलित समुदायसँग सम्बन्धित विषय समेटिएको जनाइएको छ।






