काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय विश्व वरियतामा एक स्थान सुधार गरेको छ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको हो। नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ।
नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा रहँदा नामिबिया १७औँ स्थानमा छ।
वरियताको शीर्ष स्थानमा भारत कायम छ। न्यूजिल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन्।
(रासस)






