नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

काठमाडौं । नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पार्टीका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा तथा छलफल हुनेछ । साथै, पार्टीको आगामी राजनीतिक रणनीति र कार्यदिशाका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।