कात्तिक, ५ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार प्रतितोला छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बृद्धि भएको हो ।
मंगलवार सुनको मूल्य ९४ हजार ७ सय रहेकोमा आज मूल्य बृद्धि भइ आज सुनको मूल्य ९५ हजार ५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९५ हजार रहेको छ ।







