काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको हो।
मूल्यवृद्धिसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको थियो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा स्थिर रहेको थियो। सोमबार ४०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएर ४ हजार ४०५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको थियो भने मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको थियो। सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको थियो। आइतबार भने ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको थियो।






