साउदीमा तनाव बढेपछि हिमालय एयरलाइन्सको दमाम उडान रद्द

काठमाडौं – साउदी अरेबियामा बढ्दो तनावका बीच हिमालय एयरलाइन्सले काठमाडौं–दमाम रुटका निर्धारित उडान रद्द गरेको छ ।

कम्पनीका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तव्यका लागि तय गरिएका उडानहरू रद्द गर्ने निर्णय गरिएको हो ।

हिमालय एयरलाइन्सले असोज २५ गतेका लागि निर्धारित काठमाडौं–दमाम र दमाम–काठमाडौं दुवै तर्फका उडान रद्द गरेको जनाएको छ ।