काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् ।
बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ ।
बिमस्टेक सदस्य राष्ट्रबीच क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।






