४ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो महामारीलाई वेवास्ता गर्दै नेपाली सेनाले फूलपातीमा हर्षबढाईं गर्ने भएको छ ।
हाल कोरोना भाइरसको संक्रमण बढ्दो छ । मंगलबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भाइरस थप फैलिँदोक्रममा रहेको भन्दै सरकारले सर्तक रहन सर्वसाधारणलाई भनेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर दशैंमा ‘अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु’भनेर सर्वसाधारणलाई उर्दी ( अनुरोध) जारी गरेको छ ।
तर, नेपाली सेना भने परम्परा भन्दै फूलपातीमा हर्षबढाईं गर्दैछ ।
बुधबार टुँडिखेलमा सेनाको टोलीले फुलपाती बढाईँको अभ्यास पनि गरिसकेको छ ।
तर, सावधानीका साथ बढाईँ गरिने सेनाले जनाएको छ ।
यो वर्ष फुलपाती बढाईँ विगतको जस्तो धुमधामका साथ नभइ तुलनात्मक रुपमा सीमित कार्यक्रमका बिच गर्ने अनुसार तयारी अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ ।
विगतमा हर्ष बढाईंमा राष्ट्रपति, प्रधानमन्त्री, प्रध्यानन्याधीश लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागि हुने गर्दथे । यसवर्ष को–को सहभागि हुने टुङ्गो लागिनसकेको जनाइएको छ ।






