कांग्रेसका नवनिर्वाचित सभापति थापाकाे शपथ भाेलि

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले भोलि शपथ ग्रहण गर्ने भएका छन्। उनले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका थिए। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए।

सभापति थापाको शपथग्रहण भोलि हुने भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम भने दसैँपछि आयोजना गरिने भएको छ।

नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथग्रहणपछि कार्यसमितिको पहिलो बैठक बस्ने कार्यक्रम रहेको छ।