तीन महिनामा भित्रियो ७५ करोडको सुन

कात्तिक ६, काठमाडौं ।
तीन महिनामा नेपालमा ७५ करोड रुपैयाँको सुनको आयात भएको छ । यस्तै उक्त अवधिमा चाँदी २६ करोड रुपैयाँको आयात भएको छ ।

तीन महिनामा एक लाख ग्राम सुन अर्थात एक सय केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार उक्त अवधिमा ७३ करोड ७० लाख ३४ हजारको सुन आयात भएको हो ।

साथै, उक्त आयात भएको सुनबाट सरकारले ८ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

त्यसैगरी विभागको तथ्याङ्कअनुसार तीन महिनामा ३ हजार केजी चाँदी आयात भएको छ । उक्त आयातित चाँदीको परिणाम हेर्दा सुन भन्दा धेरै गुणा बढी चाँदी आयात भएको तथ्याङ्कले देखाएको छ ।

तर सुनभन्दा चाँदीको मूल्य कम हुने भएकाले यसबाट सरकारलाई कम राजश्व संकलन भएको छ । तीन महिनामा २६ करोड ११ लाख १५ हजारको चाँदी आयात भएको छ । त्यसैगरी आयातित चाँदीबाट सरकारले २ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।