काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वदेश फर्किएको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
लिग–२ को अन्तिम शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमध्ये तीनमा जित हासिल गरेको थियो । उक्त शृङ्खलामा नेपालले आयोजक ओमान र क्यानडासँग प्रतिस्पर्धा गरेको थियो ।
शृङ्खलामा तीन खेल जित्दै सुखद प्रदर्शन गरे पनि आईसीसी विश्वकप लिग–२ मा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना भने अझै अनिश्चित रहेको छ ।





