एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा आरबी लेइपजिगलाई ४–१ गोलले पराजित गर्दै म्याड्रिडले आफ्नो विजयी यात्रा कायम राखेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडका लागि बर्नाडो सिल्भा, आर्दा गुलेर, किलियन एम्बाप्पे र यान डिओमान्डेले समान एक–एक गोल गरे । लेइपजिगका टिडिम गोमिसले एक गोल फर्काए ।
खेलको ४३औँ मिनेटमा सिल्भाले गोल गर्दै म्याड्रिडलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ५२औँ मिनेटमा एम्बाप्पेको पासमा गुलेरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ८३औँ मिनेटमा डिओमान्डेको पासमा एम्बाप्पेले गोल गरेपछि म्याड्रिड ३–० ले अघि बढ्यो । त्यसको दुई मिनेटपछि गोमिसले गोल गर्दै लेइपजिगलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् ।
८७औँ मिनेटमा ब्राहिम डियाजको पासमा डिओमान्डेले गोल गरेपछि म्याड्रिडले ४–१ को शानदार जित सुनिश्चित गर्यो ।
यस जितसँगै तीन खेलबाट नौ अंक जोडेको रियल म्याड्रिड अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । समान तीन खेल खेलेको लेइपजिग तीन अंकसहित ३०औँ स्थानमा रहेको छ ।





