दशैंलगत्तै भारतीय सेनाध्यक्ष नरभणे नेपाल आउने

कात्तिक ६, काठमाडौं ।
भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरभणे कात्तिक १८ मा नेपाल आउने भएका छन् । नरभणेलाई नेपालमा स्वागत र सम्मानको तयारी भइरहेको छ ।

भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरवणे १८ कात्तिकमा काठमाडौं उत्रनेछन् । उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् । भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको बताएका थिए ।