उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

​काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधन तथा चालकलाई प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभी निगरानीबाट पहिचान भएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने ५७ जनामाथि कारबाही गरिएको छ।

कार्यालयका अनुसार हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने आठ जना, लेन अनुशासन पालना नगर्ने तीन जना र सवारीसाधनको अवस्था ठीक नभएका कारण दुई जनालाई कारबाही गरिएको छ। अन्य कसुरमा १०५ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउन तथा सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले नियमित निगरानी र कारबाही गर्दै आएको छ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, निर्धारित गतिमा सवारी चलाउन र सडक संकेतको सम्मान गर्न आग्रह गरेको छ।

स्रोतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय।

862586158_1569148431549691_2601377376536008505_n-1792826661.jpg​ ​