बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा परेका व्यक्तिमध्ये ५० जनाको प्रहरीले उद्धार गरेको छ।
प्रहरीका अनुसार उक्त अवधिमा सवारी नियम उल्लङ्घनसम्बन्धी ८५५ वटा कारबाही गरिएको छ। ती कारबाहीबाट रु आठ लाख ५५ हजार ५०० राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





