आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ।

त्यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम भएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा रहेको छ।

यसैगरी, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।