कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कर्णालीले जनकपुरसामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरमा ११३ रन मात्रै बनाउन सक्यो । यससँगै कर्णालीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।