कात्तिक, ६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार २५५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ३२१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो कुल संक्रमितको ६९।२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ३१ हजार ५३८ जना र संस्थागत आईसोलेसनमा १३ हजार ३३९ जना छन् । तिमध्ये २९० जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।







