आज थपिए ४४९९ जना कोरोना संक्रमित थपिए

कुल संख्या १ लाख ५३ हजार ८ पुग्यो

कात्तिक, ७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ४४९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ८६३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यो कुल संक्रमितको ६८.९ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४६ हजार ६९१ रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३ हजार ५९० जना रहेका छन् ।