काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जित्दै फिल्डिङ रोजेका हुन् ।
पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पोखराले आज प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्दैछ भने जनकपुरको यो तेस्रो खेल हो ।
पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । यता, जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरे पनि दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले पराजित गर्दै जितको खाता खोलेको थियो ।
आजको खेल जित्दै जनकपुर जितको संख्या दोब्बर बनाउने दाउमा रहँदा पोखरा भने पहिलो जित हात पार्ने लक्ष्यमा छ । एनपीएलमा आज एक खेल मात्रै हुँदैछ ।






