सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार १७० रुपैयाँ पुगेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १९० रुपैयाँ पुगेको छ । आइतबार १० ग्राम चाँदी ३ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।