काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ।
टस जितेर काठमाडौंले लगातार दुई खेल जितेको कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो।
आजको खेलमा काठमाडौं गोर्खाजका लागि अस्ट्रेलियाका स्टार खेलाडी डेभिड वार्नर पनि मैदानमा उत्रिने भएका छन्। प्रतियोगिताको पहिलो खेलमा पराजित भएको काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछ भने कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।






