थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, कुल संख्या ८४२ पुग्यो

कात्तिक, ८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा बितेका २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।