सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।