टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले ब्याटिङको निम्तो पाएको हो।

लुम्बिनी आजको खेलमा राम्रो ब्याटिङ प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गर्ने लक्ष्यमा हुनेछ भने जनकपुर बलियो बलिङ गर्दै लुम्बिनीलाई कम योगफलमा रोक्ने प्रयासमा रहनेछ।