काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको हलमा बस्ने तय भएको छ।
बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग भोटेकोशी–त्रिशूली विपद्पछि सञ्चालन गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरूको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ।






