लुम्बिनीले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

लुम्बिनीले काठमान्डु गुर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।