कात्तिक, ११ काठमाडौं । नेपालमा २ महिना यताकै सबैभन्दा कम ५७० जना मात्र कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ । हाल ४० हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।







