कात्तिक, १२ काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिका थप १९४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।







