कात्तिक १४, काठमाडौं ।
नेपाल वायुसेवा निगमले एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलटलाई ६ महिनाभित्र हटाउने तयारी छ ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार हाल करार अवधि बाँकी रहेका ६ जना मात्रै विदेशी पाइलट कार्यरत छन् ।
‘नेपाल वायुसेवा निगमले किन विदेशी पाइलट राखिरहेको भनेर धेरै साथीहरुले जिज्ञासा राख्नुभएको छ । वास्तवमा करिब ३० जनामध्ये अब ६ जना मात्र त्यो पनि हाम्रो स्वार्थका लागि करिब ४० प्रतिशत मात्रै तलबमा राखेका छौँ । ६ महिनाभित्र सबै हटाउने तयारी गरेका छौँ,’ पौडेलले भने ।
लामो समयदेखि उडान नगरे पनि माटो रकममा तलब दिएर विदेशी पाइलट राखिराखेको भन्दै निगमको आलोचना भएको थियो । सोही अनुसार अब निगममा स्वदेशी पाइलट मात्रै राख्ने योजना अनुरुप काम भइरहेको पौडेलले जानकारी दिए ।







